नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत-  विश्व बैंक

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत- विश्व बैंक

काठमाडौं । विश्व बैंकले आउँदो आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५।१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । रेमिट्यान्स ९विप्रेषण० आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा विश्व बैंकले जीडीपी जिडिपी बढ्ने प्रक्षेपण गरेको हो ।

दक्षिण एसियाको अर्थतन्त्रबारे बैंकले बुधवार जारी गरेको अर्धवार्षिक क्षेत्रीय प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२१/०२२ मा बङ्गलादेशको कुल गार्हस्थ्य उत्पादन ३.६ प्रतिशतले, भारतको १० प्रतिशतले र पाकिस्तानको आर्थिक वृद्धि १।३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । ‘आउँदो वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिमा सुधार हुने सम्भावना छ र यस क्षेत्रको अर्थतन्त्र पुनरुत्थानको मार्गमा आउनेछ’, प्रतिवेदनमा भनिएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा भने नेपालको आर्थिक वृद्धिदर माइनस १।९९ प्रतिशत कायम भएको थियो । कोभिड–१९ का कारण धेरै व्यवसाय प्रभावित भएका, राजस्व सङ्कलनमा कमी आएको तथा लाखौँ बेरोजगार भएका जनाउँदै प्रतिवेदनमा रोजगारीका अवसर अझै प्रभावित हुने, आम्दानी घट्ने र असमानता बढ्दै जाने प्रतिवेदनमा उल्लेख छ ।

Facebook Comments Box
Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share