बबरमहलमा नेपालपक्षीय युवासंघको छुट्टै केन्द्रीय कार्यालय

बबरमहलमा नेपालपक्षीय युवासंघको छुट्टै केन्द्रीय कार्यालय

काठमाडौं । नेकपा एमालेको नेपाल समूहपक्षीय युवा संघ नेपालले छुट्टै केन्द्रीय कार्यालय खोलेको छ । बबरमहलस्थित कार्यालयको नेता माधवकुमार नेपालले बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

देशमा विकसित राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको छ भन्दै नेता नेपालले युवाहरू संगठीत हुनुपर्ने बताए।पार्टीभित्र सामानान्तर संगठन बनाइरहेको नेपाल पक्षले ८ चैतमा युवासंघको छुट्टै नेतृत्व चयन गरेको थियो ।

नरेशकुमार शाहीको नेतृत्वमा ५० सदस्यीय युवासंघ नेपाल पक्षले गठन गरेको थियो ।नेपाल समूहले महिला, युवा संघ र विद्यार्थीको भेला गरेर समानान्तर कमिटी बनाएको छ ।

Facebook Comments Box
Share This
  • 299
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    299
    Shares