बाग्लुङ ग्याङ फाइटमा मृत्यु प्रकरण : ७ जना आरोपी पक्राउ

बाग्लुङ ग्याङ फाइटमा मृत्यु प्रकरण : ७ जना आरोपी पक्राउ

बागलुङ, गुल्मी र प्युठानको संगम बल्देघुरीमा होली खेल्दा दुईजनाको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न रहेका ७ जना आरोपीलाई पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका डीआईजी घनश्याम अर्यालले बताए ।

आईतबार होली खेल्न जम्मा भएका दुईवटा समूहबीच झडप हुँदा सो संगमस्थलमा बागलुङको निसीखोला गाउँपालिका–७ घर भएका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको हत्या भएको थियो । आरोपीहरुलाई प्रहरीले गएराती पक्राउ गरेको हो ।

Facebook Comments Box
Share This
  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares