घाँस काट्न हिडेका पाँच बालिकासहित सात जना सम्पर्कविहीन

घाँस काट्न हिडेका पाँच बालिकासहित सात जना सम्पर्कविहीन

बर्दिबास । महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जना सम्पर्कविहीन बनेका छन् ।मंगलबार घाँस काट्न गएका उनीहरू अबेर साँझसम्म घर नफर्किएपछि परिवार अप्ठ्यारोमा परेको भंगहाका मेयर सञ्जीवकुमार साहले बताउनुभयो ।

११ वर्षीया अर्चना पासमान, १२ वर्षीया सीमा र रञ्जना पासमान, १३ वर्षीया ज्योति र रिया पासमान, १७ वर्षीया नगिना पासमान र २० वर्षीया अस्मिता पासमान सम्र्पक विहिन बनेका छन् ।
मंगलबार दिउँसो २ गाउँभन्दा पूर्वको अजगेवाको चौरीमा घाँस काट्न गएका थिए ।

उनीहरूलाई कसैले बन्धक बनाएको हुन सक्ने आशंका गाउँलेले गरेका छन् । बालिकाहरूको खोजी गर्न प्रहरी परिचालन गरिएको महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिनुभयो। लोहारपट्टी प्रहरी चौकी र भंगहा प्रहरी चौकीका प्रहरी टोली परिचालित भएका छन्। भंगहा सशस्त्र बेस क्याप पनि खोजीमा खटिएका छन् ।

Facebook Comments Box
Share This
  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares