जसले जेसुकै भनोस् साउन १ देखि वृद्ध भत्ता बढ्छः केपी ओली

जसले जेसुकै भनोस् साउन १ देखि वृद्ध भत्ता बढ्छः केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।

मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

कसैलाई मनपरे पनि मन नपरे पनि साउन १ देखि सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने ओलीले घोषणा गरेका हुन् ।

‘साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्छ, कसैलाई आपत्ति लाग्ला। सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट लागू हुने गरी बढाइने छ,’ उनले भने ।

उनले यो कुरा सुनेर केही मान्छेहरुलाई भरेबाटै निद्रा नलाग्ने, छट्पटी सुरु हुने आरोप लगाए ।

Facebook Comments Box
Share This
  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares