बेनी–जोमसोम सडक थप दुई दिन बन्द हुने

बेनी–जोमसोम सडक थप दुई दिन बन्द हुने

बेनी–जोमसोम सडक थप दुई दिन बन्द हुने भएको छ ।जिल्ला प्रशासन कार्यालय मुस्ताङले सूचना प्रकाशित गरी सडकको काम निर्धारित समयमा नसकिएकोले दुई दिन थप गरी चैत १९ गतेसम्म बन्द हुने जनाएको हो । यसअघि सडक चैत १४–१७ गतेसम्म बन्द हुने भनिएको थियो ।

कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडकको म्याग्दी मुस्ताङ सीमा क्षेत्रको काप्रे भीर र मुस्ताङको थासाङ गाउँपालिका–४ कैकुखोला नजिक सडक स्तरोन्नती गर्ने क्रममा भीर काट्नु पर्ने र सडकको डाइभर्सन बनाउने अवस्था नभएकोले चार दिन सडक बन्द गर्नु परेको हो ।

काप्रेभीर र कैकुखोला खण्ड बेनी–जोमसोम ७६ किमी सडकको सबैभन्दा बढी जोखिमयुक्त एवं दुर्घटना भइरहने क्षेत्र हो । औपचारिक घोषणा नभएपनि गत पुस १९ गतेदेखि म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङ खण्डको भीर र अन्नपूर्ण गाउँपालिका– ३ दानाको काप्रे भीर खण्डमा बिहान ७–१२ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सडक बन्द गरी सडक स्तरोन्नतीको काम भइरहेको छ ।

Facebook Comments Box
Share This
  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares