सर्वोच्चको फैसलाले ओलीको राजनीतिक अभिष्ट पूरा गरिदियो: प्रचण्ड (पूर्णपाठ)

सर्वोच्चको फैसलाले ओलीको राजनीतिक अभिष्ट पूरा गरिदियो: प्रचण्ड (पूर्णपाठ)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार सर्वोच्च अदालतमा नेकपा विवाद बारेको पुनरावलोकनको निवेदन दिएका छन्। उनले नेकपाको एकता बदर गर्ने फैसलाले केपी ओलीको अभिष्ट पूरा गर्न खोजेको आरोप लगाएका हुन् ।

नेकपा विवादबारे सर्वोच्च अदालतले फागुन २३ मा एकता बदर गर्दै एमाले र माओवादी केन्द्र ब्यूँझने फैसला गरेपछि त्यसमा असन्तुष्टि जनाउँदै प्रचण्ड पुनरावलोकनका लागि सर्वोच्च अदालतमा पुगेका उनले सो फैसलाले कसैको राजनीतिक अभिष्ट पूरा गरिदिएको र कसैलाई असहज बनाइदिएको बताएका छन् ।

पुनरावलोकनका लागि अध्यक्ष प्रचण्डसहित नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरु मंगलबार सर्वोच्च अदालत पुगेका थिए । प्रचण्डले उक्त अप्राकृतिक फैसला सच्चिने आफूले आशा गरेको बताए।’सर्वोच्चले माग्दै नमागेको विषयमा आदेश दिएको थियो।

पार्टीहरूको आन्तरिक एकता सर्वोच्चले भत्काउन मिल्दैन । यसअघि पनि यस्ता फैसला पुनरावलोकन भएका छन्,’ प्रचण्डले भने, ‘मलाई आशा छ, यो फैसला पनि सच्चिने छ।’ अदालतको उक्त फैसला अस्वाभाविक, अप्राकृतिक र राजनीतिक प्रकृतिको भएको प्रचण्डले टिप्पणी गरे ।

‘मलाई र हामीलाई के विश्वास छ भने सर्वोच्च अदालतले विगतमा पनि गरेका फैसलामा टिप्पणी भयो र पुनरावलोनको प्रश्न उठ्यो भने पुनरावलोकन गर्ने गरेको छ,’ उनले भने । सर्वोच्चले गत फागुन २३ गते नेकपा विवादबारे फैसला सुनाउँदै ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिक मान्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपालाई अमान्य ठहर गरेको थियो ।

श्री सर्वोच्च अदालतमा चढाएको पुनरावलोकनको निवेदन

punarabalokan-nibedan-prachanda

Facebook Comments Box
Share This
  • 85
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    85
    Shares