खनाल-नेपाल समूहको स्थायी कमिटीआन्तरिक छलफलमा जुट्दै

खनाल-नेपाल समूहको स्थायी कमिटीआन्तरिक छलफलमा जुट्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्वन गरेपछि नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

दिउँसो १२ बजे बैठक बस्न लागेको भए पनि स्थान र समय टुंगिन बाँकी रहेको उक्त समूहका एक स्थायी समिति सदस्यले जानकारी दिए। आजको छलफलमा अबको थप रणनीतिबारे छलफल हुने ती स्थायी समिति सदस्यले बताए ।

ओलीले नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन् । निलम्बन सच्चिने अन्तिम अवसर भएको भन्दै उनले नेताद्वयले अहिलेको गतिविधि कायम राखे थप कडा कारबाही गर्ने चेतावनी दिएका छन् भने यता नेपालले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै भनेका छन्, ‘टुक्रा–टुक्रामा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकृत, विस्तार र विकास गरेको हामीले हो ।

यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिने छैन ।’ नेकपा (एमाले) को निर्माण आफूहरुले गरेको र नवौं महाधिवेशनमा पनि आफ्नो नीति पास भएको भन्दै नेता नेपालले निराश होइन दृढ बनेर कम्युनिष्ट आन्दोलनको रक्षा गर्न अपिल गरेका छन् साथै उनले आफू मैदान छाडेर नभाग्ने बताएका छन् । ‘स्वघोषित’ महाधिवेशन आयोजक कमिटीको अध्यक्षलाई आफूहरुमाथि कारवाही गर्ने कुनै अधिकार नभएको बताउदै ।निर्णयलाई स्वेच्छाचारी भन्दै प्रतिवादमा उत्रिन पनि कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।

Facebook Comments Box
Share This
  • 525
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    525
    Shares