गोरखामा माधवकुमार नेपाल पक्षगर्‍यो समानान्तर जिल्ला कमिटी गठन

गोरखामा माधवकुमार नेपाल पक्षगर्‍यो समानान्तर जिल्ला कमिटी गठन

गोरखामा नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले समानान्तर जिल्ला कमिटी गठन गरेको छ। सोमबार सदरमुकाममा बसेको जिल्ला कमिटी भेलाले यादव बस्नेतको नेतृत्वमा ६४ सदस्यीय कमिटी गठन गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा हुँदा उनी प्रचण्ड-नेपाल पक्षमा लागेका थिए।
ओली पक्षले नेकपा केन्द्रीय सदस्यसमेत उनलाई बनाएको थियो तर उनले अस्वीकार गरेका थिए।भेलाले बस्नेतकै नेतृत्वमा १४ सदस्यीय जिल्ला सचिवालयसमेत गठन गरेको छ ।

भेलाले सबै स्थानीय तहमा समानान्तर कमिटी गठन गर्ने निर्णय समेत गरेको बताइएको छ ।नेपाल पक्षले देशैभर समानान्तर कमिटी विस्तार गर्न तयारी गरेको छ।

Facebook Comments Box
Share This
  • 1.5K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.5K
    Shares