सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पुनः स्पष्टीकरण सोध्ने

सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पुनः स्पष्टीकरण सोध्ने

काठमाडौं । नेकपा एमालेले स्पष्टीकरण पेश नगरेका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसालाई पुनः स्पष्टीकरण सोध्ने भएको छ ।

दुवैजनाले यसअघि सोधिएको स्पष्टीकरणको जवाफ दिएका छैनन् । यसअघिको स्पष्टीकरणको जवाफ नदिनुको कारणसहित अविलम्ब पुनः स्पष्टीकरण सोध्ने निर्णय भएको बतायिएको छ। यस् अघि एमालेले पूर्वमहासचिव माधवकुमार नेपाल र पूर्वउपाध्यक्ष भीम रावललाई जुनसुकै बेला थप कडा कारबाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै सच्चिनका लागि अन्तिम मौका दिएर ६ महिना निलम्बन गरिएको जनाएको छ ।

यसबीचमा नसच्चिए निलम्बनकै बीचमा थप कारबाही हुने चेतावनी समेत दिइएको छ ।दुवै नेतालाई लेखिएको कारबाही पत्रको व्यहोरा एउटै छ । पत्रमा स्पष्टीकरण बुझाउँदा कुनै गल्ती स्वीकार नगरी अहंकार र आत्म केन्द्रित कुराहरू लेखेको उल्लेख छ ।

‘तपाईंले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरीरहनु भई उक्त कार्यलाई निरन्तरता दिने स्विकारोक्तिसहित अहंकार र आत्म केन्द्रित कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो,’ पत्रमा भनिएको छ। पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले नेताहरू माधव नेपाल, भीम रावल, पाण्डे र भुसालाई स्पष्टीकरण सोधेको थियो ।

Facebook Comments Box
Share This
  • 125
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    125
    Shares