माधव नेपालको प्रतिक्रिया- कुन पार्टीबाट  निलम्बन ?, ओलीको पार्टीबाट ?

माधव नेपालको प्रतिक्रिया- कुन पार्टीबाट निलम्बन ?, ओलीको पार्टीबाट ?

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई निलम्बन गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई नभएको स्पष्ट पारेका छन्। साथै ओलीका विरुद्धमा देशव्यापी अभियान चलाइने बताएका छन् । उनले देशैभरिका कार्यकर्ताहरुलाई मैदानमा उत्रन आह्वानसमेत गरेका छन् ।

ओलीको तानाशाहीको विरुद्धमा जुध्न र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गरेका छन् ।ओलीको कदमको कुनै अर्थ नभएको बताउदै उनले भने, ‘देशभरका कार्यकर्तालाई उच्च मनोबलका साथ केपी ओलीको तानाशाहीको विरुद्धमा जुध्नका लागि र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्न म आह्वान गर्छु ।’

एमाले अध्यक्ष ओलीले सोमबार नेता नेपाल र भीम रावललाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरिएको पत्र पठाएका छन् । पत्र नआएपनि आफूलाई कारबाही गरेको सञ्चारमाध्यमबाट सुनेको भन्दै नेता नेपालले बताए ।

‘ओलीले मलाई हटाएकोबारे कुनै जानकारी छैन। कुन पार्टीबाट?, ओलीको पार्टीबाट?’, उनले भने, ‘एमालेबाट निलम्बन गर्ने कुनै अधिकार उहाँसँग छैन। उहाँ एमालेको अध्यक्षनै होइन।’ उहाँले एमालेको केन्द्रीय कमिटी भंग गरिसक्नुभयो । त्यसो हुनाले केन्द्रीय कमिटीको अध्यक्षका रुपमा काम गर्ने उहाँसँग केही पनि अधिकार छैन ।’अब देशव्यापीरुपमा संगठन झनै सशक्त र प्रभावकारी भएर जान्छ । केपी ओलीको चुनौतीको सामना गरिन्छ । सबै कार्यकर्तालाई दृढताका साथ मैदानमा उत्रन म आह्वान गर्न चाहन्छु ।’उनले भने

Facebook Comments Box
Share This
  • 577
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    577
    Shares