थरुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता टोली गठन

थरुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता टोली गठन

काठमाडौं । सरकारले रेमश चौधरीलगायत बन्दीहरुको रिहाईको माग गर्दै आन्दोलनरत थारु कल्याणकारी सभासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। सरकारका प्रवक्ता पार्वत गुरूङका अनुसार थारू कल्याणकारी सभा, थारूवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेका १९ बुँदे माग सम्बोधन गर्न गृहमन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको हो।

सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले आजैदेखि आन्दोलनरत पक्षसँग वार्ता सुरु हुन लागेको जानकारी दिए । सरकारले मन्त्रिपरिषद् बैठकबाटै बादलको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई र सांसद भगवती चौधरी सदस्य रहेको ३ सदस्यीय वार्ता टोली गठन गरेको हो ।

थरुहट आन्दोलनले रेशम चौधरीको रिहाइलगायतका विभिन्न १९ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको छ। केही दिनअघि गृहमन्त्री थापा माइतीघर मण्डला पुगेर सरकारले वार्तामार्फत नै थरुहट आन्दोलनकारीको माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए।

उनको रिहाइ भए सरकारमा जान तयार रहेको जसपाको एक समूहले बताउँदै आएको छ । यस्तो अवस्थामा सरकारले वार्ता टोली बनाएपछि अब चौधरी रिहा होलान् ? भन्ने चासो सुरु भएको छ । सरकारले सबै प्रकारका हिंसात्मक गतिविधिलाई अन्त्य गर्दै देशलाई शान्तिपूर्ण बनाउन लागिपर्ने लक्ष्यअनुसार वार्ताका लागि समिति बनाएको प्रवक्ता गुरुङको भनाइ छ ।

Facebook Comments Box
Share This
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares