‘फिल्मफेयर अवार्ड’मा उत्कृष्ट नायक–नायिका बने इरफान र तापसी

‘फिल्मफेयर अवार्ड’मा उत्कृष्ट नायक–नायिका बने इरफान र तापसी

बलिउडमा भएको ‘६६ औं फिल्मफेयर अवार्ड’ उत्कृष्ट अभिनेतामा इफान खान र अभिनेत्रीमा तापसीले जितेका छन । शनिबार भएका उक्त अवार्ड कार्यक्रममा सन् २०२० मा रिलिज भएका चलचित्रहरुबाट उत्कृष्टलाई अवार्ड प्रदान गरिएको थियो ।

उक्त समारोहमा बलिउडका चर्चित कलाकार, निर्माता, निर्देशक लगायतको बाक्लो उपस्थित रहेका थिए । बलिउडकै प्रतिष्ठित मानिएको यो अवार्डमा स्वर्गिय अभिनेता इरफान खानलाई ‘अंग्रेजी मिडियम’ फिल्मबाट ‘उत्कृष्ट नायक’को अवार्ड प्रदान गरिएको थियो भने उनैलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरियो ।
अवार्ड समारोहमा इरफानको अवार्ड लिनका लागि उनका छोरा बाबिल खान स्टेजमा पुगेका थिए । उनी स्टेजमा उक्लिए लगत्तै सबैतिरबाट तालिको बर्सा भयो । त्यस्तै यता अभिनेत्री तापसी पन्नू लाई फिल्म ‘थप्पड’बाट ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड प्रदान गरियो । अवार्ड लिनका लागि पन्नु आफै स्टेजमा पुगेकी थिइन ।
त्यस्तै, ‘उत्कृष्ट निर्देशक’को अवार्ड ‘तानाजी’बाट ओम राउतले हात पारेका छन् । बलिउडका लोकप्रिय अभिनेता अमिताभ बच्चनले ‘गुलाबो सिताबो’बाट क्रिटिक्स अवार्ड जित्न सफल भए । यहि फिल्मबाट फारुख जफरले ‘उत्कृष्ट सह–अभिनेत्री’को अवार्ड हात पारिन । यता ,‘उत्कृष्ट सह–नायक’को अवार्ड सैफ अली खानले ‘तानाजी’बाट हात पारे । ‘उत्कृष्ट कथा’को अवार्ड ‘थप्पड’ फिल्मबाट अनुभव सुशिला सिन्हा र मृणमयी लगू वेकुलले जित्न सफल भएका छन् ।
समारोहमा उत्कृष्ट पटकथाको अवार्ड रोहना गेराले ‘सर’बाट जितेका छन् । यता फिल्म ‘गुलाबो सिताबो’बाट जुही चुतर्वेदीले ‘उत्कृष्ट सम्पादक’को अवार्ड पाए । उत्कृष्ट नव–निर्देशकको अवार्ड ‘लुटकेस’बाट राजेश कृष्णनले जित्दा अलाया एफले ‘जवानी जानेमन’ चलचित्रबाट ‘उत्कृष्ट नव–निर्देशक’को अवार्ड जितेकी छिन् ।
फिल्म ‘लूडो’बाट प्रितमले ‘उत्कृष्ट संगीत’को अवार्ड जितेका छन भने आरडी बर्मन अवार्ड गुलजारलाई प्रदान गरियो ।
अवार्ड समारोहमा अभिनेत्री तापसी पन्नूका अलवा अभिनेता आयुष्मान खुराना, अभिनेत्री सन्नी लियोनी, नोरा फतेही, रितेश देशमुख, राजकुमार राव लगायत फिल्मीकर्मी पुगेका थिए ।

Facebook Comments Box
Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares