माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता नेपालबीच छलफल

माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता नेपालबीच छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार भेटवार्ता भएको छ । कोटेश्वरस्थित् एक व्यापारीको घरमा दाहाल र नेपालबीच करिब दुई घण्टा छलफल भएको हो ।

छलफलमा भीम रावल, नारायणकाजी श्रेष्ठलगायत सहभागी थिए। यसअघि पनि दुई नेताबीच उनीहरुबीच भेटवार्ता यही घरमा भएको थियो । नेकपा एमाले विभाजनको नजिक पुगेका बेला उनीहरूबीच लगातारजसो भइरहेको छलफललाई अर्थपूर्णरूपमा हेरिएको छ।

माओवादी केद्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । त्यसको पूर्व सन्ध्यामा दाहाल र नेपालबीच अब कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको बुझिएको छ। सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले एमाले र माओवादी केन्द्र अलग अलग भएका छन् ।

यसबीचमा प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा मात्रै चारपटक बैठक भएको छ भने त्यसअघि खुमलटारमा निरन्तर छलफल चलिरहेका थिए । केपी ओलीलाई सरकारबाट हटाउने विषयमा दुवै नेताको एकमत छ ।

कांग्रेस र जनता समाजवादी पार्टी अविश्वास प्रस्ताव दर्ता गर्न तयार नभएकाले दुवै नेता अप्ठेरोमा परेका छन् । नेता नेपालले कांग्रेस र जसपाको दया कृपा रहुन्जेल ओली सरकार टिकिरहने हालैका नागरिक संवादमा बताएका थिए । फागुन २८ गतेपछिका सबै निर्णय खारेज हुनुपने नेपाल पक्षको अडान छ ।

तर, ओलीले कुनैपनि हालतमा ती निर्णय फिर्ता नहुने बताईसकेका छन् । उनले नेता नेपालसहित नेताहरु डा. भीम बहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका थिए । त्यसको जवाफमा नेता नेपाल र रावलले उल्टै प्रतिस्पष्टीकरण नै सोधेका छन् एसले गर्दा एमाले भित्रको आन्तरिक किचलो समाधान हुनुको साटो झनै चर्किएको छ ।

Facebook Comments Box
Share This
  • 626
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    626
    Shares