कर्णालीमा एमालेको एकल सरकार बनाउन गृहकार्य

कर्णालीमा एमालेको एकल सरकार बनाउन गृहकार्य

काठमाडौं। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेशको सरकार संकटमा परेको छ। ४० मध्ये २० सिट जितेको नेकपा एमालेलाई बहुमतका लागि एक सिट आवश्यक पर्छ।

एमालेको ओली पक्षले महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेर पत्रसमेत बुझाइसकेको थियो । तर, त्यसमा सोही पार्टीका माधव नेपाल पक्षधर सांसदहरू सहमत थिएनन् । तर पछिल्लो समय नेपाल समूह पनि सरकारलाई दिएको समर्थन फिर्ता लिन सहमत भएको छ।

कर्णाली प्रदेशमा माओवादी केन्द्रका १२ सदस्य छन्। ती मध्ये एक जना सदस्य धर्म रेग्मी माओवादी छोडेर एमाले प्रवेश गरिसकेका छन्। कर्णाली प्रदेशसभा केही दिनभित्रै बस्ने र त्यो बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिनुपर्छ। विश्वासको मत लिन नसके उनले राजीनामा दिनुपर्ने हुन्छ।

Facebook Comments Box
Share This
  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares