माइतीघरमा एक्लै उभिएर डाक्टरले गरे बिरोध

माइतीघरमा एक्लै उभिएर डाक्टरले गरे बिरोध

सरकारले गत वर्ष नै घोषणा गरेको कोभिड–१९ रोकथाममा संलग्न स्वास्थ्यकर्मीलाई प्रदान गर्ने भत्ता रकम हालसम्म उपलब्ध नगराएकोमा एकजना डाक्टरले सडकमा उभिएर बिरोध जनाएका छन् ।

सिभिल अस्पतालका डा. अजित मल्लिकले माइतीघर मण्डलामा प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले बोकेको प्लेकार्डमा कोभिड भत्ता हराएको सूचना भन्दै लेखिएको छ ‘कृपया पाउने महानुभावले ९८४१६८००१९ मा सम्मर्क गरिदिनुहोला । धन्यवाद ।’

डाक्टरले सरकारलाई व्यङ्ग्य गर्दै लेखेका छन् ‘मास्क,सेनिटाईजर र सामाजिक दूरी कायमै छ । तर तपाईंको नियत कायम छैन । सरकार !’

Facebook Comments Box
Share This
  • 36
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    36
    Shares