देशभरका सबै शिक्षण संस्था ४ दिन  बन्द गर्ने सरकारको निर्णय

देशभरका सबै शिक्षण संस्था ४ दिन बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

पछिल्ला दिनमा बढ्दै गएको वायु प्रदूषणका कारण स्वास्थ्य जोखिमलाई ध्यान दिँदै विद्यालय बन्दको निर्णय गरिएको मन्त्रालयले जनाएको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो।बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसंग परामर्श गरेका थिए ।

त्यसलगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलताका कारण सबै शिक्षणसंस्था बन्द गर्नुपरेको बताएका हुन् । बैठकले मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गर्ने निर्णय गरेको छ।

शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । केही दिन यता काठमाडौंलगायत देशभर एकाएक बढेको प्रदुषण बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ ।

हावाको बहावले गर्दा यस्तो हुने गरेको वातावरणविद्हरुको भनाइ छ । ‘बिहान र राति जमिनको सतहमा रहेको हावा माथि जान्न तर दिउँसो अलिअलि बतास चल्छ र सतहको हावा माथि जान्छ,’ वातावरणविद् तथा वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने , ‘त्यसैले दिउँसोको तुलनामा बिहान बेलुका प्रदूषण झनै खतरनाक हुन्छ ।

’विभागले बिहान र बेलुका झनै सचेत हुन सर्वसाधरणलाई आग्रह गरेको छ । बिहान पख केही दिनसम्म प्रातकालीन पद यात्रा नगर्न पनि वातावरणविद्हरुले सल्लाह दिएका छन् । विभागका अनुसार शनिबारको तुलनामा आइतबार प्रदूषणमा सामान्य सुधार भए पनि आइतबारको प्रदूषण पनि मानव स्वास्थ्यका लागि अत्यन्त घातक छ ।

Facebook Comments Box
Share This
  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares