केही दिन विद्यालय बन्द गर्ने सरकारको तयारी

केही दिन विद्यालय बन्द गर्ने सरकारको तयारी

काठमाडौं। सरकारले केही दिन विद्यालय बन्द गर्ने तयारी गरेको छ । वायु प्रदूषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए । दिन प्रतिदिन काठमाडौंको वायुमण्डलमा आएको खराबीलाई मध्यजनजर गर्दैै सरकारले विद्यालय बन्द गर्ने तयारी गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय बन्द गर्नेबारे सरकारले तयारी गरिरहेको जानकारी दिए। चीनले नेपाललाई दिएको कोरोनाको खोप हस्तान्तरण गर्ने कार्यक्रममा ओलीले बालबालिकाको स्वास्थ्यको लागि विद्यालय बन्द गर्ने तयारी गरेको बताएका हुन्। ‘बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने तयारी भएको र केही दिनमै निर्णय गछौं,’ प्रधानमन्त्री ओलीले भने।

केही दिन यता काठमाडौंलगायत देशभर एकाएक बढेको प्रदुषण बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ ।

हावाको बहावले गर्दा यस्तो हुने गरेको वातावरणविद्हरुको भनाइ छ । ‘बिहान र राति जमिनको सतहमा रहेको हावा माथि जान्न तर दिउँसो अलिअलि बतास चल्छ र सतहको हावा माथि जान्छ,’ वातावरणविद् तथा वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने , ‘त्यसैले दिउँसोको तुलनामा बिहान बेलुका प्रदूषण झनै खतरनाक हुन्छ ।’

विभागले बिहान र बेलुका झनै सचेत हुन सर्वसाधरणलाई आग्रह गरेको छ । बिहान पख केही दिनसम्म प्रातकालीन पद यात्रा नगर्न पनि वातावरणविद्हरुले सल्लाह दिएका छन् । विभागका अनुसार शनिबारको तुलनामा आइतबार प्रदूषणमा सामान्य सुधार भए पनि आइतबारको प्रदूषण पनि मानव स्वास्थ्यका लागि अत्यन्त घातक छ ।

Facebook Comments Box
Share This
  • 55
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    55
    Shares