स्वेज नहरमा जहाज फस्दा निर्मित अवरोध आशिंक खुला

स्वेज नहरमा जहाज फस्दा निर्मित अवरोध आशिंक खुला

काठमाडौं । स्वेज नहरमा विशाल जहाज फस्दा निर्मित अवरोध आशिंक खुला भएको छ । गत् मंगलबारदेखि स्वेज नहरमा जहाज फस्दा यूरोप र एशियाको ब्यापार नराम्ररी प्रभाबित हुने अनुमान गरिएको छ ।

यस्तै समाचार एजेन्सी रोयटर्सले इन्चकेप शिपिङ सर्भिसेजलाई उद्धृत गर्दै करिब एक हप्तादेखि स्वेज नहरमा फसेको यो विशाल जहाज पुनः तैरन थालेको र यसलाई चल्न लायक स्थितिमा ल्याउने काम जारी भएको जानकारी दिएको छ ।


सोमबार बिहान सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा एभर गिभेन नामक जहाज नहरको तटीय भागमा आइपुगेको देखिएको बीबीसीले उल्लेख गरेको छ । एभर गिभेन तटीय भागमा पुग्दा अन्य जहाज आवत जावत गर्ने बाटो खुला भएको जनाइएको छ ।


इजिप्ट भएर बग्ने स्वेज नहर विश्वकै सबैभन्दा ब्यस्त रहने एक प्रमुख ब्यापारिक समुद्री मार्ग हो । चार सय मिटर लामो तथा दुई लाख टन भार रहेको ‘भेस्सेल’ गत् मङ्गलबार बिहान स्वेज नहर भएर यात्रा गरिरहँदा आँधी र तीब्र वायु वेगले फस्न पुगेको थियो ।


विश्व ब्यापार परिवहनको करिब १२ प्रतिशत सामग्री १९३ किलोमिटर स्वेज नहर भएर हुँदै आएको छ । स्वेज नहरले भूमध्य सागर र लाल सागरलाई जोड्छ । स्वेज नहर एशिया र यूरोप जोड्ने सबैभन्दा छोटो ब्यापारिक मार्ग हो । बैकल्पिक मार्गले भने एशिया र यूरोप ओहोरदोहोर गर्न स्वेज नहरको बाटोको अपेक्षा दुई साता बढी समय लिन्छ ।

कम्तिमा ३६९ जहाज नहरको बाटो कहिले खोलिएला भनेर प्रतीक्षा गरिरहेका थिए । स्वेज नहर प्राधिकरण (एससीए) का अध्यक्ष ओसामा रबीले इजिप्टको एक्स्ट्रा न्यूजलाई आइतबार दिएको जानकारीमा यसमा थुप्रै मालवाहक जहाज, तेलका ट्याङ्कर र एएनजी वा एलपीजी ग्यास लैजादैं गरेको बताएका थिए ।

Facebook Comments Box
Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares