खुल्यो भन्सार एजेन्टको आवेदन, ६ सय ६० जना माग

खुल्यो भन्सार एजेन्टको आवेदन, ६ सय ६० जना माग

काठमाडौं । विगत २० वर्षदेखि खुला हुन नसकेको भन्सार एजेन्टको लागि आवेदन खुला भएको छ । भन्सार विभागले ६ सय ६० जना भन्सार एजेन्ट माग गर्दै आवेदन खुलाएको हो । अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले अनलाइन दरखास्त प्रणालीबाट भन्सार एजेन्टको आवेदन खुला गरेको छ ।

विभागले अघिल्लो वर्ष नै यस्तो परीक्षा सञ्चालन गर्ने तयारी गरेको भए पनि कोभिड–१९ महामारी सुरु भएपछि यो प्रक्रिया यत्तिकै रोकिएको थियो । अहिले १ सय ७० जना मात्रै भन्सार एजेन्ट कायम रहेका छन् । र अहिले ६ सय ६० जनाको माग गरिएको छ ।

एउटा देशबाट अर्को देशमा निकासी तथा पैठारी हुने वस्तुको भन्सार क्लियरेन्सका लागि त्यस्तो निर्यातकर्ता वा आयातकर्ता व्यक्तिले नियुक्त गर्ने आधिकारिक प्रतिनिधि भन्सार एजेन्ट हो । यस्तो एजेन्टले भन्सारसम्बन्धी कानूनको पालना गर्दै आयात निर्यातको काममा सहयोग पुर्याउँछ ।

Facebook Comments Box
Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares