होली खेल्ने क्रममा एसिड छ्याप्दा तीनजना घाइते

होली खेल्ने क्रममा एसिड छ्याप्दा तीनजना घाइते

काठमाडौं । होली खेल्ने क्रममा डेरीमा राखेको एसिड छ्याप्दा तीनजना घाइते भएका छन् ।काठमाडौँको साँखुमा होली खेल्दा रंगमा पानीको साटो एसिड मिसाएर छ्याप्दा ३ जना विद्यार्थी घाइते भएका हुन ।

शंखरापुर नगरपालिका–१ स्थित चापाकोटमा आइतबार होली खेल्दा एसिड छ्यापेपछि १६ वर्षीया किशोरी, ९ वर्षका र ११ वर्षका बालक घाइते भएका छन् । घाइतेहरुको साँखु स्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

एसिडले किशोरीको गाला र दुईजना बालकको हात र अनुहार जलेको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङलाई पक्राउ गरेको छ ।एसिड भन्ने नचिनेर उनीहरुले दलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनापछि दुध डेरी सञ्चालकलाई पनि पक्राउ गरिएको एसएसपी सिंहले बताएका छन् ।

Facebook Comments Box
Share This
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares