भारतमा कोरोना संक्रमण तिव्र एकै दिन  ६८ हजार बढीमा कोरोना सङ्क्रमण, २९५ जनाको मृत्यु

भारतमा कोरोना संक्रमण तिव्र एकै दिन ६८ हजार बढीमा कोरोना सङ्क्रमण, २९५ जनाको मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्दै गएको छ । गएको २४ घण्टामा ६८ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् भने यही अवधिमा २९५ जनाको ज्यान गएको छ । भारतमा ५ लाख २३ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।

होलीका कारण त्यहाँ कोरोनाको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरिएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै धेरैजसो ठाउँमा सार्वजनिक रुपमा भेला हुन र भीडभाड गर्न रोक लगाइएको छ ।


मुम्बईका मुख्यमन्त्री उद्धव ठाकरेले लकडाउनको अवधि लम्बिन सक्ने बताउनु भएको छ । त्यहाँ राति आठ बजेदेखि बिहान सात बजेसम्म कर्फ्यु छ । यस्तै, केरला, पन्जाब, महाराष्ट्र, गुजरात लगायतका राज्यमा पनि सुरक्षा सावधानीमा कडाइ गरिएको छ ।

Facebook Comments Box
Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares