राजनीतिमा लाज र घीन हुँदैन कमरेड ?

राजनीतिमा लाज र घीन हुँदैन कमरेड ?

गतसाता गृहमन्त्री रामबहादुर थापा बादल जन्मकैदको अपराधमा जेल परेका सांसद रेशम चौधरीलाई छुटाउन मधेशवादी दल जसपा र थारु कल्याणकारी संस्थाले माइतीघरमा आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी मात्र भएनन्, माइक समातेर भाषण नै ठोके । जन्मकैद वालालाई छुटाइयोस् भन्ने उनीहरूको मागमा मन्त्री थापाले हुन्छ भनेर आश्वासन नै दिए ।

जिल्ला अदालत,कैलालीको फैसलालाई सदर गर्दै उच्च अदालत,दिपायलले चौधरीलगायत धेरैलाई जन्म कैद र केहीलाई कैदको आदेश दिएको छ । तर , कानुन कार्यान्वयनको जिम्मा लिएको सरकार र गृहमन्त्रीले अदालतको आदेश बर्खिलाप हुनेगरी देखाएको हर्कतलाई लिएर सामाजिक सञ्जाल रंगिएको छ ।

एक जनाले सामाजिक सञ्जालमा गृहमन्त्रीको फोटो टाँसेर लेखेका छन् ‘जन्मकैदको सजाय पाएका अपराधी छुटाउन गृहमन्त्री सडकमा रे ! के के देख्नपर्छ अझै हामी भाग्यमानी पुस्ताले,सडक कति लजायो होला ?’

टीकापुरमा आजभन्दा पाँच वर्षअघि भएको ९ जनाको विभत्स हत्यामा संलग्न चौधरीलगायतलाई तत्कालीन सरकारले उन्मुक्ति दिने २०७४ जेठको निर्णयप्रति एमालेका त्यतिबेलाका केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले जेठ ५ गते गम्भीर आपत्ति प्रकट गर्दै विज्ञप्ति जारी गर्नुभएको थियो ।

उहाँले विज्ञप्तिमा ‘नेकपा (एमाले) उक्त निर्णय तत्काल फिर्ता लिन,घटनाको तथ्यपूर्ण एवम् निष्पक्ष छानबीन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, दण्डहीनता अन्त्य गर्न तथा मानव अधिकार र विधिको शासनको पालना गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ’ भनिएको थियो ।

तर,अहिले त्यहि विज्ञप्तिमा दस्तखत गर्ने ज्ञवाली परराष्ट्र मन्त्री हुनुहुन्छ भने,एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । त्यहि सरकारका गृहमन्त्रीले गाडीमा झण्डा हल्लाउँदै रेशमलाल चौधरीलाई रिहा गर्ने माग जायज हो भन्दै धर्नाकारीसँग कुम जोडेर भाषण गरेपछि के भन्ने ? के राजनीतिमा लाज र घीन भन्ने हुँदैन कमरेड ? जन आस्था

Facebook Comments Box
Share This
  • 221
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    221
    Shares