प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान भएको भेटवार्तामा प्रतिनिधि सभाको बैठक कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

संसद्लाई सरकारले बिजनेस दिने र विचाराधीन विधेयक अघि बढाउने विषयमा छलफल केन्द्रित रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । सभामुखले आफूले सर्वदलीय बैठक बोलाउने तयारी गरकोबारे पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको छ ।

लामो समयदेखि प्रधानमन्त्री र सभामुखबीच छलफल हुन सकेको थिएन । केही समयअघि प्रधानमन्त्री ओलीले सभामुखलाई झगडिया भनेर आरोप लगाएपछि सभामुख पनि प्रधानमन्त्रीसँग रुष्ट हुनुभएको थियो ।

Facebook Comments Box
Share This
  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares