इन्डोनेशियामा चर्चबाहिर बम बिस्फोट
इन्डोनेसियाका मकस्सार शहरमा आइतबार एक क्याथोलिक चर्च बाहिर बम बिस्फोट भएको छ । प्रहरीले यो बिस्फोटमा केहीको मृत्यु भएको जानकारी दिएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार बिस्फोटका बेला थुप्रै मानिस चर्चभित्र थिए ।
साउथ सुलावेसी प्रहरीका प्रवक्ता ई. जुलपनले मिडियालाई भने, ‘हामीले यहाँ पीडित र मानिसको शरीरको टुक्रा देखेका छौं जून पूर्ण रुपमा क्षत विक्षत भएका छन् ।’
उनले भने, ‘ क्षत–विक्षत अंग हमलाकर्ताको हो वा त्यहाँ वरिपरिका मानिसहरुको हो भनेर अहिलेसम्म हामीलाई थाहा भएको छैन ।’
दुर्घटनास्थलको एउटा भिडियोमा प्रहरीले चर्चलाई घेरेर राखेको र चर्च नजिकै राखिएको कार क्षतीग्रस्त भएको देख्न सकिन्छ ।
घटनाबारे थप जानकारी प्राप्त हुनै बाँकी छ ।
Facebook Comments Box