१० वर्षका ब्वाइफ्रेण्डबाट गर्भवती भएको दावी गर्ने १३ वर्षकी बालिकालाई स्कुलबाट निकालियो

१० वर्षका ब्वाइफ्रेण्डबाट गर्भवती भएको दावी गर्ने १३ वर्षकी बालिकालाई स्कुलबाट निकालियो

काठमाडौं। आफ्ना १० वर्षका ब्वाइफ्रेण्डबाट आफू गर्भवती भएको दावी गर्ने रुसकी १३ वर्षकी एक बालिकालाई स्कुलबाट निकालिएको छ । आफूलाई स्कुलमा प्रतिबन्ध लगाइएसँगै ती बासलकाले बच्चाले आफ्नो जीवन तहसनहस पारेको बताएकी छिन् ।

डार्या सुद्निश्निकोभा नामकी यी बालिकाले आफ्ना करिब ७ लाख ५० हजार सामाजिक फलोअरहरुको बीचमा आफू गर्भवती भएको जानकारी साझा गरेर तरंग ल्याएकी थिइन् । उनले गएको अगष्टमा एमिलियालाई जन्म दिएकी थिइन् ।

उनले आफू आफ्ना १० वर्षका ब्वाइफ्रेण्ड इभानबाट गर्भवती भएको बताएपछि उनी अन्तर्राष्ट्रिय रुपमा चर्चामा आएकी थिइन् । तर, गर्भावस्थाकै क्रममा उनले आफ्नो त्यो दावी सत्य नभएको स्वीकार गरेकी थिइन् । उनले आफू १५ वर्षका किशोरबाट बलात्कृत भएको तर यो सत्य बताउन डराएपछि आफू र आफ्ना ब्वाइफ्रेण्ड मिलेर झुटो दावी गरेको बताएकी थिइन् ।

झेलेज्नोगोस्र्ककी यी बालिका अहिले आफ्ना सामाजिक संजाल फलोअरसँग आफूलाई आमा बनिसकेपछि कक्षामा फर्कन नदिइएको खुलासा गरेकी छिन् । उनका अनुसार उनका शिक्षकहरुले उनी गर्भावस्थाको समयमा आफ्नो पढाइमा निकै पछाडि छुटेको बताउँदै कक्षामा फर्कन नदिएका हुन् ।

अहिले १४ वर्षकी भएकी उनले आफ्ना कारण स्कुलको बदनामी हुन सक्ने भन्दै स्कुल प्रशासन चिन्तित रहेको समेत खुलासा गरेकी छिन् । डार्याका अनुसार स्कुलको यो कदमले आफ्नो स्कुल पूरा गरेर राम्रो काम गर्ने सपना तहसनहस पारिदिएको बताएकी छिन् ।

Facebook Comments Box
Share This
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares