फिल्म हलको सबैभन्दा अगाडि एक जोडीको यौनक्रिया क्यामेरामा रेकर्ड  ,हलले पुरस्कार दिने

फिल्म हलको सबैभन्दा अगाडि एक जोडीको यौनक्रिया क्यामेरामा रेकर्ड ,हलले पुरस्कार दिने

काठमाडौं। फिल्म हलको सबैभन्दा अगाडि पर्दाकै छेउमा एक जोडीको यौनक्रिया क्यामेरामा रेकर्ड भएको छ । उनीहरुले सिनेमाघरभित्र छिरेर पपकर्न र ड्रिकसमेत लिएर हलमा गएर यस्तो हर्कत गरेका थिए । लकडाउनले बन्द अवस्थामा रहेको रुसको सेन्ट पिटसबर्ग शहरको साउथ पोल सपिङ सेन्टरमा रहेको किनोग्राद सिनेमा हलमा यो जोडी रातको समयमा छिरेका थिए ।

सीसीटिभी फुटेजमा यो जोडीले खानाको काउन्टरबाट पपकर्न र ड्रिंक्स लिएको समेत देख्न सकिन्छ । फुटेजमा यो जोडी स्क्रिनिङ हलमा प्रवेश गरेको र त्यसपछि हलको अघिल्लो लाइनमा आरामसँग यौनक्रियडा गरेको देख्न सकिन्छ । उनीहरु रातभर त्यहीँ बसेका थिए । भोलिपल्ट बिहान पनि यो जोडी सुरक्षा गार्डको नजरमा नपरी यहाँबाट बाहिर निस्किए ।

द सनको रिपोर्टअनुसार भोलिपल्ट बिहान त्यहाँबाट निस्कनुअघि यो जोडीले त्यहाँको सबै फोहर सफा गरेर निस्किएको सिनेमाघरका एक प्रवक्ताले बताए । स्थानीय मिडियाका अनुसार सिनेमा हलले यो जोडीलाई हलबाट निस्किनुअघि सम्मानपूर्वक त्यहाँको फोहर सफा गरेर निस्किएकोमा एउटा विशेष स्क्रिनिङको लागि टिकट दिने बारेमा सोचिरहेको छ ।

यद्यपि धेरैले यो घटनाले त्यो सपिङ मलमा सुरक्षाको चिन्ता बढाएको भन्दै यो जोडीलाई पुरस्कृत गरिनुभन्दा दण्डित गरिनुपर्ने बताएका छन् । यो घटनाबारे पुलिसमा कुनै उजुरी गरिएको छ वा छैन र पुलिसले यस विषयमा आफैं एक्सन लिन्छ कि लिँदैन भन्ने प्रस्ट छैन ।

Facebook Comments Box
Share This
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares