क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना संक्रमण

क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना संक्रमण

भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना भाइरस संक्रमण भएको छ । उनले ट्विटमार्फत यसको जानकारी दिएका हुन् ।

कोरोना संक्रमित भएपछि ४७ वर्षीय तेन्दुलकरले भनेका छन्, “सामान्य लक्षणपछि ममा कोरोना पोजिटिभ देखिएको छ । मैले आफूलाई घरैमा कैद गरेको छु ।

यो महामारीसँग सम्बन्धित आवश्यक प्रोटोकल फलो गरिरहेको छु । म सबै हेल्थकेयर प्रोफेशनल्सलाई धन्यवाद दिन्छु ।”

सचिनलाई कोरोना संक्रमण देखिए पनि परिवारका अन्य सदस्यहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Facebook Comments Box
Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares