अन्तिम श्रद्धाञ्जलिका लागि जोशीको पार्थिव शरीर १२ बजेदेखि २ सम्म पार्टी कार्यालयमा राखिने

अन्तिम श्रद्धाञ्जलिका लागि जोशीको पार्थिव शरीर १२ बजेदेखि २ सम्म पार्टी कार्यालयमा राखिने

काठमाडौं । नेपाली कांग्रेसका नेता स्व.नवीन्द्रराज जोशीको पार्थिव शरीरलाई मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने भएको छ ।

नर्भिक अस्पतालमा उपचारमा क्रममा गएराति जोशीको निधन भएको हो । गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो । श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीर शनिबार मध्याह्न १२.०० बजेदेखि २.०० बजेसम्म केन्द्रीय कार्यालयमा राखिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी २०७० मा काठमाडौं क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । जोशीको पार्थिव शरीरलाई बिहान ९ बजे नर्भिक अस्पतालबाट निकालिनेछ भने १० बजे यट्खास्थितनिवासमा श्रद्धाञ्जलीका लागि राखिनेछ।

यसैबीच, नेपाली कांग्रेसले नेता जोशीको निधनपछि केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। बैठक शनिबार बिहान साढे ११ बजे बस्ने भएको छ । बैठकले पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने छ ।

Facebook Comments Box
Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares