काठमाडौंको आकाश तुँवालोले ढाकेपछि आवश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह

काठमाडौंको आकाश तुँवालोले ढाकेपछि आवश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह

काठमाडौं उपत्यकाको आकाशमा आज बाक्लो धुवाँ देखिएको छ। तुवाँलो देखिएपछि त्रिभुवन विमानस्थलमा हवाई उडान बन्द गरिएको छ।

वातावरणविद्हरुले काठमाडौँ उपत्यकामा आज देखिएको धुँवा स्वास्थ्यका लागि हानिकारक रहेको बताएका छन्।

यसले आँखा पिरो हुने, छाला चिलाउने, स्वासप्रश्वासमा समस्या देखिन सक्ने भन्दै त्यावश्यक कामबाहेक बाहिर ननिस्कन सुझाव दिएका छन। निस्कनु परे मास्क लगाएर निस्कन आग्रह गरिएको छ।

शुक्रबार दिउँसो काठमाडौंको आकाशमा एक्कासी तुवाँलो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द छ ।

उनका अनुसार ‘भिजिविलिटी’ नपुगेका कारण उडान र अवतरण नै बन्द गरिएको हो । ‘आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ,’ उनले भने, ‘आउने र जाने दुवैथरी रोकिएको छ ।’

भिजिविलिटीमा समस्या देखिएपछि घरेलु उडानहरु दिउँसोदेखि नै रोकिएको उनले बताए । यस्तै अवस्था रहे काठमाडौंतर्फ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विमानलाई भने ‘डाइभर्ट’ गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।

मौसम बदलीसँगै पश्चिमी वायुले मरुभूमिबाट उडाएर ल्याएको धुलोका कणका कारण काठमाडौँसहितका क्षेत्रको वायुमा केही धुलोको मात्रा देखिएको मौसमविद बताउँछन् ।

आइक्यूएअरको तथ्यांक अनुसार हाल काठमाडौँको वायु संवेदनशील समूहका व्यक्तिहरुका लागि अस्वस्थकर छ ।

Facebook Comments Box
Share This
  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares