फागु पर्व :सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने

फागु पर्व :सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने

काठमाडौं । फागु पर्वमा भीडभाड हुन नदिन कडाइ गरिने साथै होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने भएको छ । काठमाडौं उपत्यकासहित देशका मुख्य सहर बजारमा प्रहरीको संख्या बढाएर भीडभाडलाई रोक्ने तयारी भएको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि गृह मन्त्रालयले सार्वजनिक ठाउँमा भीड गरेर पर्व तथा उत्सव नमनाउन र घरका सदस्यसँग मात्रै सीमित राखेर पर्व मनाउन आग्रह गरिसकेको छ । फागु पर्वमा भीड हुन नदिन काठमाडौं उपत्यकामा थप प्रहरी परिचालन गरिने भएको छ ।

चोकचोकमा प्रहरीलाई खटाइने छ ।उपत्यका बाहिर भने स्थानीय पालिकासँग समन्वय गरेर भीडभाडलाई रोक्ने तयारी भएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए । फागुमा भीडभाड गरेको पाइए कारबाही हुने पनि गृहमन्त्रालयले स्पष्ट पारेको छ । कोरोना भाइरसको जोखिम फेरि बढेकाले सरकारले जनस्वास्थ्यका मापदण्डलाई पालना गर्न आग्रह गर्दै आएको छ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा पर्सी आइतवार र तराईका जिल्लामा सोमवार फागु पर्व अर्थात मनाइँदै छ।

यसअघि नै गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले फागु पूर्णिमामा भीडभाड गरेर होली नखेल्न सार्वजनिक आग्रह गरिसकेको छ ।

स्वतस्फूर्त मानिस निस्केर भीड भएमा उनीहरुलाई सम्झाइ बुझाइ गर्न गृहको निर्देशन छ । तर, कार्यक्रम आयोजना गर्नेलाई चाहिँ संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गरिने भएको छ । संक्रामक रोग ऐन–०२० अनुसार आदेश अवहेलना गरेमा १ महिना कैद र १०० रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । सो ऐनले सरकारको काममा बाधा पुर्‍याउनेलाई ६ महिना कैद वा ७० हजार जरिवाना गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

Facebook Comments Box
Share This
  • 70
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    70
    Shares