ढोका थुनेर ग्यास चुलोमा २० लाख भारु जलाए दम्पतीले (भिडियोसहित)

ढोका थुनेर ग्यास चुलोमा २० लाख भारु जलाए दम्पतीले (भिडियोसहित)

भारतको राजस्थानस्थित सिरोही जिल्लामा एक दम्पतीले ढोका थुनेर ग्यास चुलोमा२० लाख भारु जलाएका छन् ।

पिंडवाना नगरका तहसिलदार के कल्पेश जैन र उनकी पत्नी मिलेर बुधबार घरमै २० लाख भारु जलाएका हुन् । ‘एन्टी करप्सन ब्युरो’ को टोली छापा मार्ने उद्देश्यले आफ्नो घरमा आएपछि सो दम्पतीले ढोका थुनेर ग्यास चुलोमा २० लाख रुपैयाँ जलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ब्यूरोको टोलीले ढोका ढकढक्याइरहँदा जैन दम्पतीले ग्यास चुलो बालेर नगद रकम जलाइरहेका थिए । ब्यूरोको टोलीले नै झ्यालबाट उक्त दृश्यको भिडियो खिचिरहेका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार भ्रष्टाचार निरोधक ब्युरोको एउटा टोलीले पिंडवाडाकै राजस्व निरीक्षक परबत सिंहलाई एक लाख रुपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो । सिंहले उक्त रकम पिंडवाडाकै तहसिलदार कल्पेशकुमार जैनका लागि लिएको बताएपछि ब्युरोको टोली उनको घरमा छापा मार्न पुगेको थियो ।

ब्यूरोको टोलीले तहसिलदार जैनलाई नियन्त्रणमा लिइसकेको छ । उनको घरबाट टोलीले जलेको अवस्थाका नोटसमेत बरामद गरेको छ ।

ब्युरोका महानिर्देशक भगवानलाल सोनीका अनुसार स्थानीय प्रहरीको सहयोगमा ब्यूरोको टोली जैनको घरभित्र प्रवेश गरेको थियो । उनको घरबाट ५० हजार रूपैयाँसमेत बरामद भएको छ ।

Facebook Comments Box
Share This
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares