नेपाल समूहले बोलायो केन्द्रीय समिति बैठक ,ओलिले मागेको स्पष्टिकरण तयार

नेपाल समूहले बोलायो केन्द्रीय समिति बैठक ,ओलिले मागेको स्पष्टिकरण तयार

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल -झलनाथ खनाल पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीमा देखिएको विवाद र नेताहरुलाई सोधिएको स्पष्टीकरणबारे छलफल गर्न बैठक बोलाइएको नेता राजेन्द्र राईले जानकारी दिए ।

बैठक बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा बस्ने बताइएको छ ।यसअघि बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठकमा माधव नेपाल पक्षका नेता तथा सांसदहरु सहभागी भएका थिएनन् ।

ओलीले फागुन २३ पछि एक पक्षीय ढंगले पार्टी सञ्चालन गर्न खोजेको, मनोमानी केन्द्रीय सदस्यको मनोनयन गरेको तथा नेताहरुको जिम्मेवारी खोसेको भन्दै माधव-झलनाथ पक्षले समानान्तर गतिविधि गर्दै आएको छ । राष्ट्रिय कार्यकर्ता भेला, जनवर्गीय संगठनहरुको बैठक लगायतका गतिविधि गरको सो पक्षले अब चाँडै जिल्ला जिल्लामा पनि समानान्तर संगठन निर्माणको तयारी गरिरहेको छ ।

अध्यक्ष ओली पक्षीय नेताहरुको मात्र उपस्थित भएको ७ चैतको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपालसँगै भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । महासचिव ईश्वर पोखरलले सोमबार स्पष्टीकरण पत्र काट्दै तीन दिनभित्र जवाफ दिन भनेका छन् ।

यसैबीच नेपाल समूहका नेताहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलिले मागेको स्पष्टिकरण पनि तयार पारेका छन्।सोमबार काठमाडौंमा बसेको उक्त समूहका उपलब्ध स्थायी कमिटी सदस्यको बैठकले अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको जवाफ राजनीतिक रूपमा सामूहिक दिने निर्णय गरेको थियो।

Facebook Comments Box
Share This
  • 130
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    130
    Shares