मास्क नलगाए कार्वाही, रात्रीकालिन व्यवसाय र जात्रामा रोक

मास्क नलगाए कार्वाही, रात्रीकालिन व्यवसाय र जात्रामा रोक

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा हिँड्‌डुल गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कारबाहीको चेतावनी दिएको छ । प्रशासनले बुधबार विज्ञप्ति निकाल्दै कोभिड-१९को संक्रमण जोखिम उच्च रहेको र संक्रमणको दर बढ्दै गएकाले सार्वजनिक स्थानमा आवत जावत गर्दा मास्क अनिवार्य प्रयोग गर्न र स्वास्थ्यका मापदण्ड पालना गर्न भनेको हो ।

साथै उपत्यकाका तीन जिल्लाले कोरोनाभाइरसको बढ्दो संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्ने निर्णय गरेका हुन।

“सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्य मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाहीसमेत हुने व्यहोरा सर्वसाधारणको जानकारीको लागि सूचित गरिन्छ,” विज्ञप्ति भनिएको छ ।

प्रशासनले भारतसँगको सीमानाकाहरुबाट आउने मानिसहरु दैनिक रुपमा काठमाडौं उपत्यकामा आवतजावत गर्ने क्रम बढेको जनाएको छ । भारतमा कोभिड-१९को संक्रमण दर बढ्दै गएकाले त्यसको प्रभाव उपत्यकामा समेत बढ्दै गएको प्रशासनले जनाएको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्वलाई आफ्नो घरभित्र नै सीमित गरेर मनाउन आग्रह गरेको छ । कोरोना संक्रमण बढ्दो भएकाले सर्वजनिक स्थलमा भिडभाड नगर्ने, फागू पर्वको अवसरमा सार्वजनिक स्थलमा भिडभाड नगर्न र सामजिक,सांस्कृतिक मर्यादा अनुसार खेल्न र सर्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क,स्यानिटाइजर र सामजिकरभौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डलाई परिपालना गर्न अनुरोध गरिएको छ ।

Facebook Comments Box
Share This
  • 41
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    41
    Shares