नयाँ एमाले कार्यालय हेर्न पुग्नुभयो प्रधानमन्त्री ओली

नयाँ एमाले कार्यालय हेर्न पुग्नुभयो प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले थापाथली हाइटस्थित सन्जय अग्रवालकाे घरमा सर्न लागेको नेकपा (एमाले) काे नयाँ पार्टी कार्यालय अवलोकन गर्नुभएको छ ।

बल्खूस्थित आफैले बनाएको कार्यालय भवन ०७२ को भूकम्पले ढालेपछि पासाङ्ग ल्हामु प्रतिस्ठानको नाममा पर्यटन ब्यवसायी सोनाम र आङ्गछिरिङ्ग शेर्पाद्वारा निर्मित भवनमा पार्टीका काम सन्चालन हुँदै आएको थियो ।

धुम्बाराहीको त्यही घर पनि चक्रपथ परिक्रमाकाे सडक बिस्तार भइरहेकाेले अावत जावतमा समस्या देखिएपश्चात् पार्टी कार्यालय थापाथली हाइटकाे पुरानाे युएन कार्यालय रहेकाे घरमा सर्न लागेको हो ।

उक्त भवन साढे २ तले र कोठा १३ वटा रहेकाे छ। पार्टी कार्यालय सार्ने बिषयमा सम्झाैताका लागि प्रधानमन्त्री केपी शर्मा ओली सवा बाह्र बजे त्यहाँ पुग्नुभएको हो ।

उहाँले त्यहीँ विभिन्न कलेजका प्राविधिकहरुले बनाएको राेबोटसमेत हेर्ने कार्यक्रम छ ।

Facebook Comments Box
Share This
  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares