माधव पक्षले बनायो विद्यार्थीको समानान्तर कमिटी

माधव पक्षले बनायो विद्यार्थीको समानान्तर कमिटी

काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले विद्यार्थीमा पनि समानान्तर कमिटी बनाएको छ । राष्ट्रिय कार्यकर्ता भेला गरेर यो समूहले अनेरास्ववियुमा समानान्तर कमिटी बनाएको हो ।

समानान्तर अखिलको अध्यक्ष सुदेश पराजुली, सहअध्यक्ष ओसिम आलम र महासचिव आरती लामा चयन गरिएको छ । साविकको एमालेमा तीनैजना सचिव थिए । नेकपा एमालेमा समानान्तर कमिटीको अभ्यास शुरू गरेको माधवकुमार नेपाल पक्षले विद्यार्थीको अलग्गै नेतृत्व चयन गरेको छ ।

साथै आयोजित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को राष्ट्रिय भेलाले मंगलबार राति ५०१ सदस्यीय केन्द्रीय कमिटी बनाएको हो ।

माधव नेपाल पक्षीय अनेरास्ववियुको उपाध्यक्षमा यशु लामा, रेनु शाही, माधव पन्त, कल्पना थापा, सुदीप शर्मा, लोकेश निरौंला र केशरी रेग्मी छन् । कोषाध्यक्षमा दिपेश प्रसाईंलाई चयन गरिएको छ । त्यस्तै, सातै प्रदेशको नेतृत्व पनि बनाइएको छ भने १३ जनाको स्थायी कमिटी गठन गरिएको छ ।

Facebook Comments Box
Share This
  • 1.3K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.3K
    Shares