खोलाबाट डिआईजीको खान्की

खोलाबाट डिआईजीको खान्की

कर्णाली प्रदेश प्रहरी कार्यालय र जिप्रका सुर्खेतको संलग्नतामा नदीजन्य पदार्थ दोहन भइरहेको पाइएको छ । वीरेन्द्रनगर नगरपालिका सीमाक्षेत्रभित्र पर्ने खोलाबाट ढुंगा, गिट्टी र बालुवा तोकिएको परिमाणभन्दा धेरै निकासी भइरहेको छ ।

प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदनविपरीत निकासी हुँदा पनि प्रहरी पूरै मौन छ । सुदूरपश्चिमकै बासिन्दा डीआईजी वसन्त पन्त र एसपी राजेन्द्र भट्टले सई नारायण शर्माको नेतृत्वमा घुमुवा प्रहरी खटाएर मासिक २० लाख अतिरिक्त आम्दानी गरेको आरोप छ ।

वीरेन्द्रनगर नगरपालिकाले तयार पारेको आइइई प्रतिवेदनमा चालु वर्षका लागि झुप्राखोला, गिरीघाट र भेरी नदी किनार क्षेत्रबाट ६० हजार ४६ घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्ने उल्लेख छ । पुस मसान्तसम्म नगरपालिका आफैले अमानतमा ६४ हजार ९१ घनमिटर संकलन गरेपछि थप ३६ हजार ३७.६० घनमिटर नदीजन्य पदार्थ निकासीका लागि ठेक्का लगायो । माघ एक गतेदेखि १५ गतेसम्म कति परिमाणमा नदीजन्य पदार्थ अमानतमा संकलन भयो त्यसको तथ्यांक छैन ।

नगरपालिकाले निकासी भएको परिमाणको तथ्यांक सार्वजनिक नगर्दा नदी दोहन कार्यमा उसकै पदाधिकारी सक्रिय रहेको स्पष्ट भएको छ । आइइई प्रतिवेदनमा उल्लेख भएको परिमाणभन्दा धेरै नदीजन्य पदार्थ संकलन गर्न पाइँदैन । स्थानीय सरकारले नै कानुनविपरीत काम गर्दा खोलामा ठेकेदारकोे मनपरी छ ।

अघिल्लो वर्ष स्काभेटरले नदीजन्य पदार्थ निकाल्दा बनेको खाल्डोमा परेर स्थानीय लोकबहादुर शाहीको मृत्यु भएको थियो । ‘खोलामा जहाँ हे¥यो त्यहीँ खाल्डैखाल्डा छन्,’ शान्तपुर टोलविकास संस्थाका अध्यक्ष खिमबहादुर वादीले भने, ‘जथाभावी नदीजन्य पदार्थको उत्खननले झुप्राखोला किनारका एक सय ४९ परिवारको जीवन धरापमा छ ।’

Facebook Comments Box
Share This
  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares