भारतमा संक्रमणको दर निरन्तर उकालो लाग्यो ,अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध बैशाख १७ सम्म

भारतमा संक्रमणको दर निरन्तर उकालो लाग्यो ,अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध बैशाख १७ सम्म

भारतमा लगातार पाँचौ दिन ४० हजारभन्दा बढी संक्रमित भेटिएका छन साथै मृत्युको आँकडा पनि यो वर्ष सबैभन्दा धेरै छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ४७,२३९ संक्रमित भेटिएका छन् भने २३,९१३ संक्रमित निको भएका छन् साथै २७७ को मृत्यु भएको छ । यसैबीच भारतको केन्द्र सरकारले अन्तर्राष्ट्रिय उडानमाथि लगाएको रोकलाई ३० अप्रिल (बैशाख १७) सम्म बढाएको छ ।

भारतमा हालसम्म १ करोड १७ लाख ३३ हजार ५ सय ९४ जना संक्रमित भइसकेका छन् । यीमध्ये १ करोड १२ लाख ३ हजार १६ बिरामी ठिक भइसकेका छन् जबकी १.६० लाखले ज्यान गुमाएका छन् । साथै ३.६५ लाखको उपचार चलिरहेको छ ।

मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले सरकारले प्रदेशका २–३ शहरमा हरेक आइतबार लकडाउन गर्नेबारे विचार गरिरहेको बताए । उनले भने, ‘भोपाल र इन्दौरमा हरेक दिन ३ सय देखि ४ सय केस आइरहेका छन् । यदि यसै गरी संक्रमित वृद्धि भइरहे, हामी पुरानो स्थितिमा पुग्नेछौं । म मानिसहरुलाई कोरोना गाइडलाइन पालन गर्नुहोस् भनेर हात जोडेर अपिल गर्दछु ।’

यस्तै दिल्ली सरकारले सबै हवाई अड्डा, रेलवे स्टेशन, अन्तर्राष्ट्रिय बस टर्मिनलमा अन्य राज्यबाट आउने यात्रीको र्यान्डम टेस्टिङ () अनिवार्य गरेको छ । दिल्लीमा सार्वजनिक स्थानमा होली र नवरात्रि मनाउन रोक लगाइएको छ ।

उत्तर प्रदेशमा होली अघि राज्य सरकारले केही निर्देशन जारी गरेको छ । यसमा पूर्व अनुमति बिना कुनै जुलुस निकाल्न सकिने छैन । ६० वर्षभन्दा बढी र १० वर्षभन्दा कम उमेरका बच्चालाई कुनै प्रकारको उत्सवमा भाग लिन अनुमति छैन ।

Facebook Comments Box
Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares