अमेरिकामा एसियाली नागरिकमाथिको आक्रमण रोक्न नेपाली दूतावासको आग्रह

अमेरिकामा एसियाली नागरिकमाथिको आक्रमण रोक्न नेपाली दूतावासको आग्रह

काठमाडौं। अमेरिकास्थित नेपाली राजदूतावासले अमेरिकाका विभिन्न राज्यमा एसियाली मूलका अमेरिकी आप्रवासीमाथि भैरहेका हिंसात्मक आक्रमण रोक्न आग्रह गरेको छ । गतसाता एटलान्टाको एउटा मसाज पार्लरमा आठसहित ६ जना एसियालीको ज्यान जाने गरि गोलीप्रहारको घटना भएको थियो ।

साथै, सनफ्रान्सिस्कोमा नेपाली उवर चालकमाथि तीन युवतीले दुव्र्यहार गरेका थिए । दुतावासले विज्ञप्ती जारी गर्दै यी घटना भत्र्सनायोग्य रहेको जनाएको छ ।

दूतावासले यस्ता हमलाको शिकार भएकाहरुप्रति श्रद्धाञ्जली र समवेदना व्यक्त गर्दै घटनामा संलग्नहरूमाथि तत्काल कारबाही अगाडि बढाइएकोमा आभार व्यक्त गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि जातीय समूहमाथिको दुर्व्यवहार र विभेद वान्छनीय छैन । अमेरिकी अधिकारीहरूले यसमा अनुसन्धान गरी अपराधीलाई कारबाही र पीडितलाई न्याय दिनेमा दूतावास विश्वस्त छ ।’

दूतावासले अमेरिकामा बस्दै आएका नेपालीहरूलाई अमेरिकी मूल्य मान्यतालाई पनि सम्मान गर्दै, कानूनको पालना गर्दै र आफ्नो संस्कृति अपनाउँदै बसोबास गर्न आग्रह गरेको छ । गतसाता एटलान्टा घटनापछि राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले एसियाली माथिको आक्रमण रोक्न आग्रह गरेका थिए ।

Facebook Comments Box
Share This
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares