वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टिकरण पत्र, रावलद्वारा पत्र बुझ्न अस्वीकार

वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टिकरण पत्र, रावलद्वारा पत्र बुझ्न अस्वीकार

काठमाडौं । नेकपा एमालेले पार्टीहित र अनुशासन विपरित काम गर्ने चार नेतासँग स्पष्टिकरण पत्र पठाएको छ । बुझाएको हो ।

पार्टी केन्द्रीय कार्यालयबाट गएका कर्मचारीले खामबन्दी स्पष्टिकरणपत्र बुझाएका हुन् । नेपाल र सुरेन्द्र पाण्डेका स्वकीय सचिवले पत्र बुझेका छन् भने एमालेका उपाध्यक्ष भीम रावले भने स्पष्टीकरणपत्र बुझ्न अस्वीकार गरेका छन् । उपमहासचिव घनश्याम भुसालको भने मोवाइल फोन नै अफ रहेकाले बुझाउन बाँकी रहेको एमाले स्रोतले बताएको छ ।

घर भित्र छिर्न नपाएपछि ति कर्मचारीले रावल बस्ने टोखास्थित कोलोनीको सी १४ नम्बर घरको लेटर बक्समा पत्र राखेर फर्किएको स्रोतले जानकारी दिएको छ । घनश्याम भुसालको भने मोबाइल स्वीच अफ रहेकाले पत्र बुझाउन बाँकी रहेको छ ।

महासचिव ईश्वर पोखरेलको हस्ताक्षरसहित पठाइएको स्पष्टिकरणपत्रमा अभियोगमाथि चित्त बुझ्दो जवाफ तीन दिनभित्र पेश गर्न भनिएको छ । चित्त बुझ्ने जवाफ नआएमा कारवाही किन नगर्ने भन्ने व्यहोरा उल्लेख रहेको एमाले स्रोतले जानकारी दिएको छ ।

Facebook Comments Box
Share This
  • 266
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    266
    Shares