एमाले संसदीय दलको बैठकमा कोमल वलीको सेल्फी, भिडियो बन्यो भाइरल
नेकपा एमालेको संसदीय दलको बैठकस्थलभित्रबाट कोमल वलीको सेल्फी भिडियो बाहिरिएपछि निकै चर्चामा छ । संसदीय दलको बैठकमा सांसद कृष्णभक्त पोखरेलले बोल्दै गर्दा वलीले खिचेको सेल्फी भिडियो अहिले निकै भाइरल बनिरहेको छ ।
वलीले यसरी भिडियो सार्वजनिक गरेपछि राजनैतिक वृद्धमा टिकाटिप्पणी सुरु भएको छ । पोखरेल उनै सांसद हुन् जसले प्रतिनिधिसभा विघटनको विपक्षमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस समेत गरेका थिए । लामो समयसम्म माधव नेपाल पक्षमा रहेका सांसद पोखरेल फर्किएर गरेको सम्बोधन यसरी रेकर्ड गरेर सामाजिक संजालमा पोस्ट गर्नुलाई नेपाल पक्षलाई ‘देख्यौ त !’ भन्न खोजेको रुपमा अर्थाउदै चर्चामा ल्याइएको छ ।
https://www.facebook.com/100002811095784/videos/3156167267820279/
Facebook Comments Box