अमेरिका र चीनबिच  भएको वार्तामा गम्भीर आरोप–प्रत्यारोप

अमेरिका र चीनबिच भएको वार्तामा गम्भीर आरोप–प्रत्यारोप

अमेरिका र चीनका उच्च अधिकारीबिच भएको वार्तामा उनीहरुले एकअर्काको तीव्र आलोचना गरेका छन् । जो बाइडेन सत्तामा आएपछि पहिलोपटक अमेरिका र चीनबिच वार्ता भएको हो ।अलास्कामा भएको वार्तामा अमेरिका र चीनले एकअर्कामाथि आरोप–प्रत्यारोप गरेका हुन् ।

चिनियाँ अधिकारीलेहरुले अमेरिकाले विभिन्न देशहरुलाई चीनमाथि ‘आक्रमण’ गर्न उक्साएको आरोप लगाए । यस्तै अमेरिकाले चीन पनि सोही रुपमा प्रस्तुत भएको आरोप लगायो ।अमेरिका र चीनबिचको सम्बन्ध अहिले तनावपूर्ण अवस्थामा छ ।

अलास्कामा भएको वार्तामा अमेरिकाले युगुर मुस्लिममाथि भइरहेको ज्यादतीसहितका विषय उठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।आरोप–प्रत्यारोपूर्ण वार्तामा अमेरिकाका तर्फबाट विदेश मन्त्री एन्टोनी ब्लिङ्कन र राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानसहितका अधिकारी सहभागी थिए । यस्तै चीनको तर्फबाट शीर्ष परराष्ट्र नीति अधिकारी याङ्ग जिएची र विदेश मन्त्री वाङ्ग यी सहभागी रहे ।

वार्ता तनावपूर्ण भएको खबर आइरहेका बेला अमेरिकी अधिकारीले बन्द कोठामा भएको झण्डै दुई घण्टासम्म भएको वार्ता बस्तुपरक, गम्भीर र निकास उन्मुख रहेको दाबी गरेका छन् ।गोप्य वार्ता पहिले अमेरिकी विदेश मन्त्री ब्लिङ्कनले चीनले शिन्जियाङ्ग, हङकङ तथा ताइवानमा गरिरहेको व्यवहार, अमेरिकामा गरिरहेको साइबर आक्रमण तथा आर्थिक रुपमा भइरहेको बल प्रयोगमा चासो रहेको बताएका थिए । यसले विश्व समुदायलाई नै गम्भीर चेतावनी दिएको उनले भनेका थिए ।

जवाफमा चिनियाँ प्रतिनिधि याङ्गले अमेरिकाले आफ्नो सैन्य तथा आर्थिक शक्ति अरु देशहरुलाई दबाउन प्रयोग गरेको आरोप लगाए । अमेरिकामा मानवअधिकारको अवस्था अति नै न्यून अवस्थामा रहेको र अश्वेतमाथि निकृष्ठ व्यवहार भएको उनले आरोप लगाए । त्यसपछि राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानले अमेरिका कहिल्यै पनि चीनसँग तनावको अवस्था सिर्जना होस् भन्ने पक्षमा नरहेको तर आफ्ना नागरिक र साथीहरुका लागि भने अडिग भएर लाग्ने बताए ।

सञ्चारमाध्यमकै सामुन्ने एक घण्टा भन्दा बढि अमेरिका र चीनका अधिकारीबिच आरोप–प्रत्यारोप भएको हो । त्यसपछि बन्द कोठामा भएको वार्ता सकारात्मक रहेको दाबी गरिएको छ । अमेरिका र चीनका अधिकारीबिच गएको जुन यता पहिलोपटक उच्च तहको वार्ता भएको हो ।डोनाल्ड ट्रम्पको शासनकालमा अमेरिका र चीनबिचको सम्बन्ध सबैभन्दा खराब अवस्थामा पुगेको हो । बाइडेन प्रशासन सम्बन्ध सुधारका लागि प्रयासरत रहे पनि अवस्था थप नाजुक बन्ने सम्भावना छ ।

Facebook Comments Box
Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares