प्रचण्ड–नेपाल समूहद्वारा  प्रतिनिधिसभा बैठक बहिस्कार

प्रचण्ड–नेपाल समूहद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ। सभामुख अग्नि सापकोटाले निर्धारित कार्यसूचीअनुसार नै बैठक अघि बढ्ने जनाएपछि प्रचण्ड–माधव पक्षका सांसदहरू बैठकस्थलबाट बाहिररिएका हुन् ।

यसअघि बैठकमा बोल्दै सांसद भीम रावलले कार्यसूचीबाट अध्यादेशलगायतका विषय हटाइनुपर्ने माग गरेका थिए । सभामुखले यसअघि नै कार्यसूची तय भइसकेको भन्दै सो विषय हटाउन नसकिने जवाफ दिएपछि प्रचण्ड–नेपाल पक्षका सांसदले संसद बैठक बहिस्कार गरेको हो ।

बैठकमा बोल्दै रावलले वर्तमान सरकार कुन पार्टीको हो भन्ने प्रश्न गरे । रावलले बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने सहमति भएको भन्दै बैठकलाई श्रद्धाञ्जलीसम्बन्धी कार्यसूचीमा सीमित राख्नुपर्ने तर्क गरेका थिए ।

Facebook Comments Box
Share This
  • 61
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    61
    Shares