ब्रिक्स सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सी भारत जाने

ब्रिक्स सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सी भारत जाने

एजेन्सी । भारत र चीन बिचको तनाव साम्य भए लगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले भारत भ्रमण गर्ने भएका छन् । ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स सम्मेलनमा भाग लिन सी भारत जाने बतायिएको छ । चीनले ब्रिक्सको ११ औं सममेलनलाई समर्थन गरेपछि चिनफिङले भारत भ्रमण गर्ने अपेक्षा गरिएको हो ।

टाइम्स अफ इन्डियाले कोरोना भाइरसको संक्रमणमा सुधार भएमा यसै वर्षको मध्यतिर ब्रिक्स सम्मेलन हुने र चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि सहभागी हुनसक्ने उल्लेख गरेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले ब्रिक्स सहयोगी मेकानिजमको महत्व उल्लेख गर्दै सद्भाव र सहयोगमा जोड दिएपछि ब्रिक्स सम्मेलन यसै वर्ष हुने र चीनबाट राष्ट्रपति चिनफिङ सहभागी हुनसक्ने संकेत मिलेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले चीनले भारतले आयोजन ागर्न लागेको ब्रिक्स सम्मेलनलाई साथ दिने बताएका थिए ।

Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares