कंगोमा इटालीका राजदूत लुका अट्टानासिओको हत्या

कंगोमा इटालीका राजदूत लुका अट्टानासिओको हत्या

एजेन्सी। कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओको कङ्गोमै हत्या भएको छ।बार स्थानीय समयानुसार बिहान १० बजेर १५ मिनेटमा भएको एक हमलामा इटालियन राजदूत लुका अटानासियोको मृत्यु भएको हो ।हमला लगत्तै अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका छन् ।

उनी पूर्वी कंगोमा संयुक्त राष्ट्रसंघको एउटा टोलीमा सामेल थिए । राष्ट्रसंघको उक्त टोली विश्व खाद्य कार्यक्रमसँग आवद्ध रहेको बताइन्छ ।


उक्त टोलीमा इटालीका एक प्रहरी अधिकारी पनि सामेल थिए । सो हमलामा उनको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
कंगोको विदेश मन्त्रालयले उक्त घटनाको पुष्टि गर्दै घटनाप्रति दुःख प्रकट गरेको छ ।

४३ वर्षीय राजदूत अटानासियो सन् २०१७ देखि कंगोमा कार्यरत थिए ।
कयौं वर्ष गृहयुद्ध झेलेको कंगोमा सन् १९९४ देखि २००३ बीचको अवधिमा करिब ५० लाख मानिसको मृत्यु भएको बताइन्छ । देशको पूर्वी क्षेत्रमा अझै पनि दर्जनौं सशस्त्र समूह क्रियाशील छन् ।सोमबार भएको हमलामा कसको संलग्नता छ भन्ने प्रस्ट हुन सकेको छैन ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •