प्रधानमन्त्रीले बोलेको कुरा नियतवस केही व्यक्तिले गलत ढंगले सम्प्रेषण गरे- ईश्वर पोखरेल

प्रधानमन्त्रीले बोलेको कुरा नियतवस केही व्यक्तिले गलत ढंगले सम्प्रेषण गरे- ईश्वर पोखरेल

काठमाडौं । नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले केपी ओलीले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले गर्ने जुनसुकै फैसला आफूहरुलाई शिरोधार्य रहेको बताएका छन ।

प्रेस संगठन चितवनले आज विहान गरेको पत्रकार सम्मेलनमा ओली पक्षीय नेकपाका वरिष्ठ नेता पोखरेलले अदालतबाट हुने फैसलालाई सम्मान गर्दै आफूहरु अघि बढ्ने बताए । पोखरेलले भने , ‘अदालत र निर्वाचन आयोग जस्ता संस्थाहरुले आफ्नो प्रक्रियाबाट गर्ने निर्णय मान्दैनौं भन्न मिल्दैन । हामी शक्ति पृथक्कीकरणमा विश्वास गर्छौं र अदालतबाट हुने फैसला हामीलाई शिरोधार्य छ ।’

पोखरेलले प्रतिनिधिसभा विघटन संवैधानिक रहेकाले अदालतबाट अन्यथा फैसला आउने आफूहरुले नसोचेको बताए । उनले केपी ओलीले नेतृत्व गरेको नेकपा बाहेक अरुले सूर्य चिह्न पाउने सम्भावना नरहेको दावी समेत गरे । पोखरेलले प्रधानमन्त्रीले विराटनगरमा बोलेको कुरालाई नियतवस केही व्यक्तिहरुले गलत ढंगले सम्प्रेषण गरेको बताए । ‘कम्युनिस्ट आन्दोलन निरन्तर अघि बढ्छ’ भनेको कुरालाई ‘प्रधानमन्त्रीले आन्दोलनमा जान्छौं भनेको’ भनेर होहल्ला गरिएको पोखरेलले बताए ।

Share This
  • 194
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    194
    Shares