रुबिना  दिलैक बिग बोस १४ को बिजेता !

रुबिना दिलैक बिग बोस १४ को बिजेता !

बिग बोसको १४औं सिजन रुबिना दिलैकले जितेकी छन् । उक्त जितसँगै रुबिनाले ३४ लाख भारु नगद प्राप्त गरेकी छन्।

रुबिना यसअघि टिभी सिरियल ‘छोटी बहू’ की चर्चित अभिनेत्री थिइन्।रुबिनासँगै राहुल वैद्य बिग बोसको फर्स्ट रनर अप बनेका छन्

बिग बोसको यस सिजनमा रुबिनाको दम्पत्ती नै प्रतिस्पर्धी थिए । उनका पति अभिनव शुक्ला पनि सिरियल ‘छोटी बहू’ बाटै चर्चामा आएका कलाकार हुन् । १ सय ४० दिनसम्म चलेको बहस, झगडा र ड्रामपछि रुबीना विजेता बनेकी हुन् । फाइलनमा रुबीनासँगै राहुल वैद्य, अली गोनी, निक्की तम्बोली र राखी सावन्त पुगेका थिए । तर राखीले विकल्पमा दिइएको १४ लाख रुपैयाँ लिएर शो छोडिन् ।

अली गोनीले सबैभन्दा कम भोट प्राप्त गर्दै शोबाट आउट भए भने अन्तिम एलिमिनेसनमा निक्की बाहिरिएकी थिइन् । टप टुमा रुबीना र राहुल पुगेका थिए । यसअघि निक्की पनि १४ लाख रुपैयाँको विकल्प चुनेर शोबाट बाहिरिन चाहन्थिन् । तर, राखी सावन्तले पहिले घण्टी थिचेकोको कारण उनले सो विकल्प चुन्ने मौका पाइन् ।

फिनालेमा ५ सिजन अघि बिग बोसमा वाइल्ड कार्ड इन्ट्री पाएकी नोरा फतेहीले हिट डान्स नम्बरमा आफ्नो प्रस्तुती दिएकी थिइन् । शोमा माधुरी दिक्षित, धर्मेन्द्र, रितेश देशमुख पनि देखिएका थिए । २२ सदस्यसँग ३ अक्टुबरमा सुरु भएको बिग बोस ११७ एपिसोडसम्म चलेको थियो ।

Share This
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares