बलिउडकी चर्चित अभिनेत्री करिना कपुर दोस्रो पटक बनिन् आमा

बलिउडकी चर्चित अभिनेत्री करिना कपुर दोस्रो पटक बनिन् आमा

काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री करीना कपूर दोस्रो पटक आमा बनेकी छिन् । उनले आइतबार बिहान छोरालाई जन्मदिएकी हुन् । करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित छन् ।

आफ्नो भाइको स्वागतका लागि तैमुर पनि पूर्ण रुपमा तयार देखिएका छन् । छोरा तैमुरलाई जन्म दिएको करिब ४ वर्षपछि करीना र सैफले परिवारमा नयाँ सदस्य थपेका छन् ।

करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।भारतीय सञ्चार माध्यका अनुसार आमा र बच्चा दुबै स्वस्थ छन् । करिना परिवारका थुप्रै सदस्य अस्पतालमा आवतजावत गरिरहेको देखिएका छन् ।

करिना र उनका श्रीमान सैफका यसअघि पनि एक छोरा छन् । उनीहरुलाई २०१६ मा पहिलो सन्तानका रुपमा पुत्रलाभ भएको थियो । करिना सैफकी दोस्रो श्रीमती हुन् ।

Share This
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares