उपचारका लागि भारत जाँदै बाबुराम भट्टराई

उपचारका लागि भारत जाँदै बाबुराम भट्टराई

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज भारतको राजधानी नयाँदिल्ली जाँदै हुनुहुन्छ । उहाँ नेपाल वायुसेवाको विमानबाट नयाँदिल्ली जान लाग्नुभएको हो ।

डा. भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली जान लागेको उहाको सचिवालयले जनाएको छ । उहाँ लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ । उहाले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आउनुभएको थियो ।

अहिले चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेकाले उहाँ त्यसको उपचारका लागि दिल्ली जान लागेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिनुभयो । दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उहाँको उपचार हुने पाण्डेले बताउनुभयो । भट्टराईसँगै उनकी पत्नी हिसिला यमी र पाण्डे नयाँदिल्लीमा रहनेछन् ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares