सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना पनि गरेको छैन -प्रधानमन्त्री ओली

सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना पनि गरेको छैन -प्रधानमन्त्री ओली

मोरङ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताउनुभएको छ ।

  नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभामा समूहका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भन्नुभयो , ‘सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्था फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न म भन्न चाहन्छु ।’ कुनै कारण प्रतिनिधि सभा पुनस्र्थापना हुने भयो सांसद किनबेच, सरकार बनाउने ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई कमजोर बनाउने उहाँले बताउनुभयो ।

देशलाई अस्थिरतातिर फर्काउने होइन भन्दै उहाँले भन्नुभयो ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला । संधिानको मम र भावना हेरेको होला । मुलक कता जान्छ भन्ने विश्लेषण गरेकै होला ।’

Share This
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares